
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ४० करोड ९५ लाख २४ हजार रहेको छ । यस वर्ष बैंकले १४ दशमलव ६७ प्रतिशत बढी रू.१ अर्ब ८५ करोड ६१ लाख ६९ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ६१ करोड ८७ लाख २१ हजार खुद नाफा गरेको थियो । सञ्चालन नाफा भने यो वर्ष १४ दशमलव ९६ प्रतिशत बढी रू. २ अर्ब ६४ करोड १४ लाख ११ हजार भएको छ ।
१० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ९ अर्ब ६८ करोड १५ लाख १९ हजार पुगेको बैंकको जगेडा कोष रकम १७ दशमलव ३८ प्रतिशत बढी रू. ४ अर्ब ७१ करोड ५३ लाख ८० हजार छ ।
यस वर्ष गत वर्षभन्दा साढे १४ प्रतिशत बढी रू. १ खर्ब २२ अर्ब ७९ करोड ७६ लाख १४ हजार निक्षेप संकलन गरेको बैंकले साढे २५ प्रतिशत बढी रू. १ खर्ब १४ अर्ब ६ करोड ४३ लाख ६२ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अनुपार शून्य दशमलव ३६ प्रतिशतदेखि घटेर शून्य दशमलव २१ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. २५ दशमलव ७३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस