
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि बैंकले रू. २ अर्ब ५१ करोड ६४ लाख ८७ हजार खुद नाफा गरेको छ । बधवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ८७ दशमलव ८० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ३३ करोड ९९ लाख ९२ हजार खुद नाफा गरेको थियो ।
यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. २ अर्ब २७ करोड ५७ लाख ८९ हजार रहेको छ । गत वर्ष यो अवधिसम्म बैंकको वितरण योग्य नाफा रू. ५८ करोड ७७ लाख ८ हजार थियो । १७ प्रतिशत बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी रू. १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार पुगेको छ । यस वर्ष जगेडा कोष रकम रिटर्न अर्निङ सहित ५ दशमलव ९४ प्रतिशत बढी रू. ७ अर्ब ३९ करोड ९१ लाख ८१ हजार कायम भएको छ ।
निक्षेप संकलन गत वर्षभन्दा १८ प्रतिशत बढी रू. १ खर्ब ५५ अर्ब ३५ करोड ९२ लाख १८ हजार गरेको बैंकले २८ दशमलव १९ प्रतिशत बढी रू. १ खर्ब ४८ अर्ब २७ करोड २४ लाख ९० हजार कर्जा प्रवाह गरेको छ । यस वर्ष निष्क्रिय कर्जा अनुपात २ दशमलव ४८ प्रतिशतदेखि घटेर १ दशमलव ९७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. २० दशमलव ६४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस