aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्राइम कमर्सियल बैंकको तेस्रो त्रैमाससम्म वितरणयोग्य नाफा २ अर्बभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
प्राइम कमर्सियल बैंकको तेस्रो त्रैमाससम्म वितरणयोग्य नाफा २ अर्बभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकको वितरण योग्य नाफा रू. २ अर्ब २० करोड ४ लाख ५१ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको वितरण योग्य नाफा २४३ दशमलव १७ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरण योग्य नाफा रू. ६४ करोड १२ लाख १३ हजार मात्र थियो ।  

बुधवार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार खुद नाफा गत बर्षभन्दा यस वर्ष ३८ दशमलव ७६ प्रतिशत बढेको छ । गत वर्ष रू. २ अर्ब ३ करोड ६ लाख ७५ हजार खुद नाफा गरेको बैंकले यस वर्ष रू. २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार यो नाफा गरेको हो । सञ्चालन नाफा गत वर्षभन्दा यस वर्ष ३९ दशमलव २८ प्रतिशत बढी रू. ४ अर्ब ३ करोड ३९ लाख ५६ हजार भएको छ ।

१५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि भई रू. १६ अर्ब ८ करोड ३० लाख ३६ हजार पुगेको बैंकको जगेडा कोष रकम १२ दशमलव ७९ प्रतिशत बढी रू. ७३ अर्ब ७८ करोड १ लाख ९९ हजार कायम भएको छ ।

यस वर्ष १७ दशमलव ६५ प्रतिशत बढी रू. १ खर्ब ४० अर्ब ५२ करोड ३ लाख १८ हजार निक्षेप संकलन गरेको बैंकले १६ दशमलव ६८ प्रतिशत बढी रू. १ खर्ब २८ अर्ब ८५ करोड २६ लाख ४१ हजार कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ९७ प्रतिशतदेखि घटेर शून्य दशमलव ८६ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ३६ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस