aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

लक्ष्मी बैंकले कमायो १ अर्ब २८ करोड खुद नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
लक्ष्मी बैंकले कमायो १ अर्ब २८ करोड खुद नाफा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लक्ष्मी बैंकले १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म बैंकले १ अर्ब ८ करोड ९९ लाख ७७ हजार रुपैयाँ यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १८ दशमलव १८ प्रतिशत बढी भएको हो ।

गत वर्षसम्म ४१ करोड १ लाख ९ हजार रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा यस वर्ष ८४ करोड ७६ लाख ३९ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा भने गत वर्षभन्दा यस वर्ष १५ दशमलव ६९ प्रतिशत बढी १ अर्ब ८१ करोड ३४ लाख ९४ हजार रुपैयाँ भएको छ । 

गत वर्षको तुलनामा ८ दशमलव ३८ प्रतिशत बढी १ खर्ब ६ अर्ब ६१ करोड ७९ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १६ दशमलव २८ प्रतिशत बढी १ खर्ब २ अर्ब ८५ करोड ५४ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस वर्ष ९ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ पुगेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ३३ दशमलव ६७ प्रतिशत बढी ५ अर्ब ५६ करोड ४२ लाख १० हजार रुपैयाँ कायम भएको छ । 

गत वर्ष १ दशमलव ७८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात यस वर्ष शून्य दशमलव ७१ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी १६ दशमलव शून्य ६ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस