aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

गरिमा विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ बैशाख २०७८
गरिमा विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई गरिमा विकास बैंक लिमिटेडको ८.७५५ गरिमा ऋणपत्रको निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरिएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको दश लाख कित्ताले हुने एक अर्ब रुपैयाँ बराबरको रकम ऋणपत्र निष्काशन गर्नेछ  ।

गरिमा विकास बैंकले २०६४ साल श्रावण २२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरेको थियो । २०६४ आश्विन २४ मा आफ्नो वित्तीय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त गरेको थियो । बैंकले २०६४ कात्तिक १८ मा स्याङजा बाट वित्तीय कारोबारहरु सुरु गरेको थियो । बैंकले २०७४ चैत्र २७ मा आफ्नो केन्द्रिय कार्यालय महेन्द«पुल, पोखरा, कास्कीबाट लाजिम्पाट काठमाण्डौंमा सारेको हो । हाल बैंकको ३४ जिल्लामा १०६ शाखा कार्यालयहरु संचालित छन् ।

उक्त सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले बुधबार हस्ताक्षर गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस