aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

२ अर्ब १० करोडको नेपाल बैंकको ऋणपत्र निष्कासन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ बैशाख २०७८
२ अर्ब १० करोडको नेपाल बैंकको ऋणपत्र निष्कासन हुने

काठमाडौं । नेपाल बैंकको ऋणपत्र निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैशाख २२ गतेदेखि बैशाख २६ गतेसम्म (छिटोमा) र ढिलोमा जेष्ठ ०५ गतेसम्म नेपाल बैंक लिमिटेडको “८.५% नेपाल बैंक ऋणपत्र २०८७”  निष्कासन हुँदै 
छ ।

 ऋणपत्र  एक हजार रुपैयाँ अङ्कित दरको (पैँतिस लाख) कित्ता ऋणपत्रहरुमध्ये २१ लाखकित्ता डिबेन्चरले हुन आउने कूल  २ अर्ब १० करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको ऋणपत्र निष्कासन गर्ने छन् । 

उक्त ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र १४ लाख कित्ता डिबेन्चरले हुनआउने कूल १ अर्ब ४० करोड रुपैयाँ ऋणपूँजी रकममध्ये १५,००० युनिट सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।  बाँकी रहेको १३,८५,००० कित्ता डिबेन्चरले हुन आउने कूल  १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ सर्वसाधारण नेपालीहरुको लागिनिष्कासन खुल्ला हुने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस