aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

देवः विकास बैंकको नयाँ शाखा बनेपा र पनौतिमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
देवः विकास बैंकको नयाँ शाखा बनेपा र पनौतिमा

काठमाडौं । देवः विकास बैंकले आफ्नो नयाँ शाखा बनेपा नगरपालिकाको बनेपा बजार र  पनौतिको कुशादेवीमा  सञ्चालनमा ल्याएको छ । शुक्रबार आयोजित एक समारोह बीच बनेपा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर  शिवराज श्रेष्ठले उद्घाटन गरेका थिए । 

उक्त समारोहमा बैंकका संचालक समितिका अध्यक्ष बज्र गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त शाखाको उद्घाटन गर्दै डेपुटी गभर्नर  शिवराज श्रेष्ठले उद्यमशीलताको विकास र निजी क्षेत्र मैत्री बैकिङ प्रणालीलाई गाउँ गाउँमा पु¥याउन सकेमात्र समग्र देशमा रोजगारका अवसरहरु सिर्जना भई देश समृद्ध हुने विचार व्यक्त गरेका थिए ।
 
बैंकका प्रमुख कार्यकारी अधिकृत  विजय बहादुर श्रेष्ठले एक दशक अगाडि बनेपा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्न शुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधीलाई मध्यनजर गरी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरी सेवाग्राहीलाई सम्पूर्ण बैकिङ्ग सेवा सहित सेवा प्रदान गर्न शाखा कार्यालय सञ्चालन गरिएकोे जानकारी गराए ।

 सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य  सुरकृष्ण श्रेष्ठले समग्र काभ्रे र आसपासका क्षेत्रको आर्थिक उत्पादकत्व वृद्धि गर्नका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने धारणा राखेका थिए । त्यसैगरि, बनेपा नगरपालिका, वडा नंं ८ का वडा अध्यक्ष  दानबहादुर मानन्धरले महिला सशक्तिकरण र लघु तथा साना व्यवसायको विकासमा बैंकले लगानी केन्द्रित गर्नु पर्ने र यसका लागि स्थानीय निकाय सहाकर्य गर्न तयार रहेका बताए । 

यसै गरी शुक्रबार नै  पनौति नगरपालिका, वढा नं ०२,  कुशादेवीमा शाखाको पनि उद्घाटन भएको छ । बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत  विजय बहादुर श्रेष्ठज्यूले ग्रामिण तथा पहाडी क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहँुच पु¥याउन र स्थानीय उत्पादकत्व बढाउन कुशादेवी शाखाबाट सहयोग पुग्ने बताए । सोही अवसरमा पनौती नगरपालिका वडा नं. ०२ का वडा अध्यक्ष, पूरुषोत्तम अधिकारीले यस क्षेत्रको मुख्य पेशाको रुपमा रहेको कृषि तथा पशुपालन व्यवसायलाई अझ परिष्कृत बनाउन बैंकले लगानी गर्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा पनौती नगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष, गुणनाथ सापकोटा र पनौती नगरपालिका, वडा नंं ०३ का वडा अध्यक्ष,  किशोर थापाले स्थानीयवासीको आर्थिक उन्नतिका लागि वडाबाट विशेष कार्यत्रम संचालन गरी बैंकसँग सहकार्य गरी अगाडी बढ्ने जानकारी गराए ।  

प्रतिक्रिया दिनुहोस