
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ७ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । रानीबास पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट, नागार्जुन, काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको हो ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिका वर्षको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउँनेछ । कोभिड जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो ।
सभाले हाल कायम संस्थापक तर्फको ७० र सर्वसाधारण तर्फको ३० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ शेयर स्वामित्व कायम गर्ने विषयलाई समेत पारित गर्नेछ ।
अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ती गर्न लागेको यस कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेको छ ।
यस आधारमा साधारण सभाको लागि बुक क्लोजको मिति पनि कम्पनीले सोही बमोजिम हुने जानकारी दिएको छ । पुस १६ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस