aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति (सूचीसहित)

काठमाडौं । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रीला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ । निषेधाज्ञा अवधिमा बैंकका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाई भोग्नु परे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोक्ने काम गरिएको हो । 

जसअनुसार काठमाडांै उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ भने प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट गरी उनीहरुको नाम र सम्पर्क नम्बरको सूची नै सार्वजनिक गरिएको छ । 

काठमाडौं उपत्यकाका लागि विभिन्न शाखामा कुल १९ जना सम्पर्क व्यक्ति तोकिएको छ । यस्तै, प्रदेश नम्बर १ का लागि २ जना, प्रदेश नम्बर २ का लागि २ जना, भरतपुर क्षेत्रका लागि २ जना, मकवानपुर क्षेत्रका लागि एकजना, बुटवल क्षेत्रका लागि एकजना, बाग्लुङ क्षेत्रका लागि एकजना सम्पर्क व्यक्ति तोकिएको छ । 

त्यसैगरि, नेपालगञ्ज क्षेत्रका लागि ३ जना, दाङ क्षेत्रका लागि एकजना, गोरखा क्षेत्रका लागि २ जना, कर्णाली प्रदेशका लागि एकजना, सुदुरपश्चिम क्षेत्रका लागि २ जना र पोखरा क्षेत्रका लागि २ जना सम्पर्क व्यक्ति तोकिएको छ । 


 

प्रतिक्रिया दिनुहोस