aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्रतिशेयर आम्दानीमा कुन वाणिज्य बैंक बलियो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
प्रतिशेयर आम्दानीमा कुन वाणिज्य बैंक बलियो ?

काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले चैत मसान्तसम्मको वित्तीय विवरणको आधारमा प्रतिशेयर आम्दानीमा नविल बैंक पहिलो नम्बरमा देखिएको छ । नविल बैंकको दोस्रो बजार शेयर १२७० रुपैयाँ रहेको छ ।

नविल बैंकको चैतसम्ममा  प्रतिशेयर आम्दानी ३७ रुपैयाँ छ । त्यस्तै, एनआईसि एशियाको प्रतिशेयर आम्दनी ३५ रुपैयाँ छ भने एनआइसीको दोस्रो बजारमा शेयरको मूल्य ८९७ रुपैयाँ बैंशाख १६ गतेसम्ममा मूल्य रहेको छ ।  

त्यस्तै सानिमा बैंकको २६ रुपैयाँ, सिदार्थ बैंक २५, नेपाल बंगलादेश बैंक २५, प्रभु बैंक २५ नेपाल बैंक २४ रुपैयाँ रहेको छ ।   सबैभन्दा कम सेन्चुरीको ५ रुपैयाँ छ भने  सिभिलको ६ रुपैयाँ छ ।

दोस्रो बजार मूल्यका आधारमा नेपाल बंगलादेशको मूल्य आम्दानी अनुपात १५ गुणा रहेको छ भने अन्य ४ वटा बैंकको अनुपात १७ गुणा रहेको छ । वैशाख १६ गतेको बजार मूल्यको आधारमा २० वटा वाणिज्य बैंकको पिई रेसियो २० गुणा भन्दा कम छ ।त्यस्तै सात वटा बैंकको पिई रेरियो ३० गुणभन्दा बढी रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस