aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

नबिल बैंकमा युनाइटेड फाइनान्स गाभिने, स्वाप कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ बैशाख २०७८
नबिल बैंकमा युनाइटेड फाइनान्स गाभिने, स्वाप कति ?

काठमाडौं । नबिल बैंकसँग मुथुट युनाइटेड फाइनान्स मिसिने भएको छ । शुक्रबार नबिलले युनाइटेडलाई प्राप्त गर्ने समझादारी पत्र(एओयू)मा हस्ताक्षर भएको युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले आर्थिकन्युज डटमकलाई बताए । नबिल बैंकका तर्फबाट  उदयकृष्ण उपाध्याय र युनाइटेडका तर्फबाट मनिष खेम्काले सम्झौतापत्रमा हस्ताक्षर गरेको उनले बताएका छन् । 

नबिल बैंक र युनाइटेड फाइनान्स दुवै विदेशी संयुक्त लगानी भएका वित्तीय संस्था हुन् । युनाइटेडमा भारतको मुथूट फाइनान्समा भारतको मुथुटको २१ प्रतिशत लगानी रहेको छ भने नबिलमा ५० प्रतिशत लगानी विदेशी छ  । युनाइटेड फाइनान्समा पनि चौधरी ग्रुपको ३६ प्रतिशत लगानी रहेको छ । 

नबिल बैंकले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने समझदारी बनेको बताइएको छ । प्रारम्भिक सम्झौता अनुसार यूनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुनेहरुले प्राप्तिपछि नवील बैंकको ३५ कित्ता शेयर पाउनेछन् ।

नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ लगानी भएका वित्तीय संस्थालाई गाभ्ने नीति लिएका कारण नबिल र युनाइटेडलाई पहिलादेखि नै प्रेसर पर्दै आएको थियो । नबिल र  युनाइटेड दुबै संस्थामा चौधरी समूहको लगानी छ । युनाइटेडमा वसन्त चौधरीको लगानी रहेको छ भने नबिल बैंकमा विनोद चौधरीको लगानी रहेको छ । 

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममाहुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढँइने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ ।  

सोहीअनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्रमात्र शाखा सञ्जाल बद्धि भइ ३७ हुनेछ । एटिएम संख्या भने १९० हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आधार रु २०१ अर्ब हुने बैंकले जनाएको छ ।  यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको गरि २ खर्ब माथिहुने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस