aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

तेस्रो त्रैमाससम्म महिला लघुवित्तको खुद नाफा ६ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
तेस्रो त्रैमाससम्म महिला लघुवित्तको खुद नाफा ६ करोडभन्दा बढी

 काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ६ करोड ४२ लाख ४३ हजार खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले ११२ दशमलव ६६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड २ लाख २५ हजार यो नाफा गरेको थियोे ।

यस वर्ष सञ्चालन नाफा भने करिब १५० प्रतिशत बढी भएको छ । गत वर्ष रू. ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ७ करोड ९२ लाख ४६ हजार यो नाफा गरेको हो । गत माघमा सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको छोटो अवधिभित्रै शेयरमूल्य निरन्तर उच्च दरमा बढेर रू. ३ हजार १२५ पुगेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६६ दशमलव ६७ प्रतिशत बढी रू. १९ करोड १८ लाख ३९ हजार कायम भएको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १४७ प्रतिशत बढी रू. २ अर्ब १९ करोड ८५ लाख ५१ हजार कर्जा सापटी लिएको छ । गत वर्षभनदा ३२ दशमलव ४९ प्रतिशत बढी रू. ८६ करोड २८ लाख ६४ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ८८ दशमलव ७८ प्रतिशत बढी रू. ३ अर्ब १८ करोड ९४ लाख कर्जा प्रवाह गरेको छ ।

गत वर्ष यस अवधिसम्म २ दशमलव ५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव २५ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ८५ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. २९१ दशमलव ८४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस