aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

आरएमडिसी लघुवित्तको ४ लाख ५८ हजारभन्दा बढी कित्ता शेयर आजदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ बैशाख २०७८
आरएमडिसी लघुवित्तको ४ लाख ५८ हजारभन्दा बढी कित्ता शेयर आजदेखि लिलामीमा

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर बैशाख २८ गतेसम्मका लागि लिलामीमा आएको हो । 

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४०८ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बैशाख २८ गते कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल , काठमाडौंमा बुझाउनुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस