aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

तेस्रो त्रैमाससम्म साना किसान लघुवित्तको नाफा साढे ४६ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ बैशाख २०७८
तेस्रो त्रैमाससम्म साना किसान लघुवित्तको नाफा साढे ४६ करोड

 काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४६ करोड ५३ लाख ३५ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको यो नाफा करिब ७ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४३ करोड ५० लाख ९४ हजार मात्र खुद नाफा गरेको थियो । यस वर्ष ४७ प्रतिशत बढी रू. ४ करोड २२ लाख ३८ हजार खराब कर्जा उठाएको कम्पनीले ६ प्रतिशत बढी रू. ६९ करोड ५७ लाख ८७ हजार सञ्चालन नाफा गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड १५ लाख ३० हजार छ भने जगेडा कोष रकम रू. २१ अर्ब ८० करोड ९० हजार छ । कम्पनीले गत बर्षभन्दा साढे १ प्रतिशत बढी रू. २० अर्ब ९ करोड ४३ लाख १२ हजार कर्जा सापटी लिएको छ भने ६ प्रतिशत बढी रू. २३ अर्ब ५० करोड ५८ लाख ५२ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम्म शून्य दशमलव ६५ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष शून्य दशमलव ८० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४९ दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. २७४ दशमलव १९ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस