aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनआईसी एसिया बैंकलाई परेको उजुरीमा राष्ट्र बैंकले माग्यो जवाफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ बैशाख २०७८
एनआईसी एसिया बैंकलाई परेको उजुरीमा राष्ट्र बैंकले माग्यो जवाफ

काठमाडौं । एनआईसी एसिया बैंकले अचाक्ली ब्याज लिएर महामारीमा पनि ग्राहकलाई समस्यामा पारेको भन्ने उजुरीपछि नेपाल राष्ट्र बैंकले जवाफ माग गरेको छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो ।

एनआईसी एसिया बैंकले पछिल्लो समय ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी घर खाइदिएको आरोप समेत झेल्दै आएको छ । बैंकले पछिल्लो समय अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ ।

बैंकको विराटनगर शाखाले घर कर्जाको ब्याजदर ९ प्रतिशतबाट बढेर करिब १६ प्रतिशत पुगेको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । तर, बैंकको बेस रेट ६.७७ प्रतिशत रहेको छ ।

बेस रेटमा सामान्य तया २ प्रतिशत प्रिमियम जोडेर अन्य बैंकहरुले ऋण लगानी गर्दै आएका छन् । तर बैंकले ९ प्रतिशतसम्म प्रिमियम जोडेको भन्दै आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस