aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सञ्चालन नाफा घटेको निर्धन उत्थान लघुवित्तको खुद नाफा भने ५१ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ बैशाख २०७८
सञ्चालन नाफा घटेको निर्धन उत्थान लघुवित्तको खुद नाफा भने ५१ प्रतिशत बढ्यो

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको तेस्रो त्रैमाससम्म रू. ७१ करोड ४८ लाख ६३ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५१ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले रू. ४७ करोड ३२ लाख ७३ हजार खुद नाफा गरेको थियो । 

यस वर्ष १२ प्रतिशतले कम रू. ६५ करोड ६९ लाख २० हजार सञ्चालन नाफा गरेको कम्पनीले खराब कर्जा संकलन गरेसँगै खुद नाफा बढेको हो । गत वर्ष शून्य रहेको खराब कर्जा संकलन यस वर्ष रू. ४७ करोड ७५ लाख ५१ हजार भएको छ । खराब कर्जा संकलन बढेसँगै कम्पनीको खुद ब्याज आम्दानी गत वर्ष रू.१ अर्ब १७ करोड भन्दा बढी भएकोमा यस वर्ष रू. १ अर्ब ५९ करोड भन्दा बढी भएको छ ।

१३ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढेर रू. १ अर्ब ६९ करोड ५० लाख पुगेको छ । गत वर्षभन्दा ६२ प्रतिशत बढी रू. २ अर्ब ६२ करोड ३४ लाख ७३ हजार जगेडा कोष रकम यस वर्ष कायम भएको छ ।

कम्पनीको निक्षेप संकलन २० प्रतिशत र कर्जा प्रवाह १७ प्रतिशत बढेको छ । यस वर्ष कम्पनीले रू. १५ अर्ब ३८ करोड ३२ लाख ८८ हजार निक्षेप संकलन गरेको हो भने रू. २४ अर्ब २७ करोड ८१ लाख ६६ हजार कर्जा प्रवाह गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीले २ प्रतिशत कम रू. ६ अर्ब ७३ करोड ९१ लाख ७४ हजार कर्जा सापटी लिएको छ ।

खराब कर्जा संकलन बढेपनि कम्पनीको निष्क्रिय कर्जा अनुपात गत वर्ष १ दशमलव ७६ प्रतिशत रहेकोमा यस वर्ष ५ दशमलव ८९ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५६ दशमलव २३ र प्रतिशेयर नेटवर्थ रू. २५४ दशमलव ७८ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस