aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मितेरी डेभलपमेण्टको लाभांश लिनु भयो ? नलिएकालाई यस्तो सूचना आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ बैशाख २०७८
मितेरी डेभलपमेण्टको लाभांश लिनु भयो ? नलिएकालाई यस्तो सूचना आयो

काठमाडौं । मितेरी डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक वर्ष ०६७/६८ र ०६९/७० को लाभांश बुझिलिन बाँकी सदस्यहरुलाई अनुरोध गरेको छ । कम्पनीले बिहीवार सुचना जारी गरी आगामी ३० दिनभित्र उक्त आर्थिक वर्षको लाभांश बुझिलिन भनेको हो । 

उक्त अवधिभित्र लाभांश नबुझेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ । लाभांश बुझ्न बाँकी सदस्यहरुले केन्द्रिय कार्यालय धरानको शेयर शाखामा सम्पर्क राख्नुपर्नेछ । कम्पनीले आर्थिक वर्ष ०६७/६८ मा १० दशमलव ५३ प्रतिशत नगद लाभांश र ०६९/७० मा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस