aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नाडेप लघुवित्तले तेस्रो त्रैमाससम्म कमायो ११ करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ बैशाख २०७८
नाडेप लघुवित्तले तेस्रो त्रैमाससम्म कमायो ११ करोडभन्दा बढी नाफा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ११ करोड ३७ लाख ६० हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत वर्ष कम्पनीले यस अवधिसम्म रू. ७ लाख ३३ हजार मात्र खुद नाफा गरेको थियो । 

गत वर्ष रू. २४ लाख ४८ हजार सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष रू. १७ करोड ७८ लाख २८ हजार सञ्चालन नाफा गरेसँगै खुद नाफमा उल्लेख्य बृद्धि भएको हो । यस वर्ष कम्पनीले रू. ६७ लाख ६९ हजार खराब कर्जा उठाएको छ । खुद ब्याज आम्दानी पनि यस वर्ष ८० प्रतिशत बढी रू. ३६ करोड ७ लाख ९६ हजार भएको छ ।

१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ४० करोड ४८ लाख पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा ७६ दशमलव ५७ प्रतिशत बढी रू. ३२ करोड ६८ लाख ४८ हजार कायम भएको छ । कम्पनीले यस वर्ष रू. १ अर्ब ५० करोड ९५ लाख २१ हजार निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब ३६ करोड २९ लाख ८७ हजार कर्जा प्रवाह गरेको छ । 

निक्षेप संकलन गत वर्षभन्दा १० प्रतिशत र कर्जा प्रवाह ५ प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा १३ प्रतिशत कम रू. २ अर्ब ७ करोड ५० लाख ९७ हजार कर्जा सापटी लिएको छ । गत वर्ष ८ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ५ दशमलव ७४ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू.३७ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. १८० दशमलव ७४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस