aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ज्योति लाईफ र बैंक अफ काठमाण्डौबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
ज्योति लाईफ र बैंक अफ काठमाण्डौबीच सम्झौता

बैंक अफ काठमाण्डौले संचालनमा ल्याउन लागेको नयाँ बचत खाता योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाइ जीबन बीमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाईफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डौ विच सम्झौता भएको छ । 

उक्त सेवा अन्तर्गत बैंक अफ काठमाण्डौका ग्राहकहरुको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै पनि रोग लागेको प्रमाणित भएमा उपचार खर्च वापत बीमाङ्क वापतको रकम भुक्तानी गर्ने भएको छ । 

उक्त सम्झौताबाट बैंक अफ काठमाण्डौका उल्लेखित बचत योजनाका ग्राहकहरुले बैंकिङ्ग सेवाका अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको उच्च स्तरिय बीमा सेवा निशुल्क प्राप्त गर्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस