
काठमाडौं । बिहीवार ४९ दशमलव ४० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन भएको जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
नेप्सेले कम्पनीले प्रस्ताव गरेको बोनस शेयर प्रयोजनका लागि बुधवार कायम अन्तिम शेयरमूल्य रू. ५ हजार ३९५ को आधारमा समायोजनपछिको मूल्य रू. ३ हजार ६११ तोकेको हो ।
समायोजनपछि रू. ३ हजार ७९१ मा खुलेको कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३६१ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ९७२ पुगेको हो । कारोबारको आधा घण्टाको अवधिसम्म कम्पनीको १६ हजार ६२६ कित्ता शेयर खरिद माग हुदाँ विक्री कर्ता देखिएका छैनन् । खरिद चाप उच्च भएकै कारण कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि देखिएको हो ।
प्रतिक्रिया दिनुहोस