aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनएमबि बैंकद्वारा ११ जनालाई बीमा दावी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ बैशाख २०७८
एनएमबि बैंकद्वारा ११ जनालाई बीमा दावी भुक्तानी

काठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भिर रोगहरु विरुद्ध प्रदान गरिने बीमा दावी भुक्तानी दुर्घटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ । 

सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार ८ सय ४१ बीमा दावी भुक्तानी भइसकेको बैंकले जनाएको छ । बैंकले उक्त भुक्तानी इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्स मार्फत गरेको हो ।बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्य अनिश्चितताको विरुद्ध संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।

बैंकको तलव खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम कार्डको साथै सात लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम कार्ड, १० लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस