aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कामना सेवाको बोनस पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
कामना सेवाको बोनस पारित

काठमाडौं। कामना सेवा विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर पारित भएको छ । शनिबार बसेको बाह्रौ वार्षिक साधारणसभाले उक्त बोनस पारित गरेको हो ।  साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७४/०७५को वासलात, नाफारनोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७५/७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावीकार्य योजना समेत प्रस्तुत गरेका थिए ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले  यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस