aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

स्वस्तिक लघुवित्तलसँगको मर्जर प्रस्ताव पारित गर्न समाज लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ बैशाख २०७८
स्वस्तिक लघुवित्तलसँगको मर्जर प्रस्ताव पारित गर्न समाज लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते विशेष साधारण सभा बोलाएको छन् । समाज लघुवित्तले जानकी फेमली होटल एण्ड लज, मलगंवा, सर्लाहीमा दिउसो २ बजे र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले होटल नेमान, लहान, सिरहामा दिउसो २ बजे सभा बोलाएको हो । 

सभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्बन्धि प्रस्ताव पारित गर्नेछ । मर्जर पश्चात कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गर्ने विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ । दुई कम्पनीविच सहमति भएको १ बराबर १ शेयर आदानप्रदान रेसियोलार्ई पनि सभाले स्वीकृति प्रदान गर्ने कार्यक्रम छ । 

मर्जर पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी रू. १० करोड, जारी पूँजी रू. ४ करोड र चुक्तापूँजी रू. ४ करोड कायम गर्ने र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वस्तिक लघुवित्तको संस्थापक शेयरधनीहरुले राखेको कल इन एडभान्समा रहेको रू. २ करोड ६५ लाख ५० हजार रकमलाई स्वस्तिक लघुवित्तको संस्थापक शेयरमा गाभेर जम्मा चुक्तापूँजी रू. ६ करोड २६ लाख ५० हजार कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यसका लागि सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्नका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस