aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको निक्षेप औषतमा १३.४० प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ बैशाख २०७८
तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको निक्षेप औषतमा १३.४० प्रतिशत बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २७ वाणिज्य बैंकहरुले कुल रू. ३८ खर्ब १९ अर्ब २७ करोड ९१ लाख ३५ हजार निक्षेप संकलन गरेका छन् । गत वर्ष यस अवधिसम्म यी बैंकहरुले रू. ३३ खर्ब ६७ अर्ब ७९ करोड ६७ लाख २ लाख निक्षेप संकलन गरेका थिए । गत वर्षभन्दा यस वर्ष वाणिज्य बैंकहरुको निक्षेप संकलन औषतमा १३ दशमलव ४० प्रतिशत बढेको हो ।

निक्षेप संकलनमा यस वर्ष अग्रस्थानमा एनआईसी एशिया बैंक रहेको छ । यस बैंकले ९ महिनामा रू. २ खर्ब ७५ अर्ब ३१ करोड ८० लाख ३५ हजार निक्षेप संकलन गरेको हो । गत वर्ष यो अवधिसम्म यस बैंकले रू. २ खर्ब १ अर्ब ६३ करोड ३ लाख ८४ हजार निक्षेप संकलन गरेको थियो । 

गत वर्षको तुलनामा एनआईसी एशिया बैंकको निक्षेप संकलन साढे ३६ प्रतिशत बढेको हो । यस वर्ष सबैभन्दा कम निक्षेप संकलन नेपाल बङ्गलादेश बैंकले गरेको छ । यो बैंकले रू. ७३ अर्ब २९ करोड १० लाख ५६ हजार निक्षेप संकलन गरेको हो ।

गत वर्ष यो अवधिसम्म बैंकले रू. ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार निक्षेप संकलन गरेको थियो । गत वर्षभन्दा यस वर्ष नेपाल बङ्गलादेश बैंकले १३ दशमलव ४० प्रतिशत बढी निक्षेप संकलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस