aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

फष्र्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा प्राप्त बोलपत्र आज खोलिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ बैशाख २०७८
फष्र्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा प्राप्त बोलपत्र आज खोलिदै

 काठमाडौं । फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८१ हजरा ५०० कित्ता संस्थापक शेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने  भएको छ । कम्पनीले ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त शेयर विक्रीका लागि चैत २३ गतेदेखि बैशाख २५ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । 

सो अवधिभित्र प्राप्त बोलपत्र विहान ११ बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा खोलिने कार्यक्रम रहेको छ । प्रतिकित्ता न्यूनतम मूल्य रू. ३०० तोकिएको यो शेयरमा सबैभन्दा बढी रकम अंकित गरी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस