aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंकलाई ऋणपत्र विक्री गर्न बोर्डले दियो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ बैशाख २०७८
राष्ट्रिय वाणिज्य बैंकलाई ऋणपत्र विक्री गर्न बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्रीका लागि राष्ट्रिय वाणिज्य बैंकलाई अनुमति दिएको छ । बोर्डले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको २५ लाख कित्ता ऋणपत्र विक्री गर्न बैंशख २२ गते अनुमति दिएको हो ।

वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्रको अवधि ६ वर्षको रहेको छ । कुल कित्ता ऋणपत्रमध्य १ अर्ब बराबरको ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ । 

त्यस्तै, १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा विक्री गर्नेछ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस