aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

तीन वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनका लागि दिए निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ बैशाख २०७८
तीन वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनका लागि दिए निवेदन

काठमाडौं । पछिल्लो समय ऋणपत्र निष्कासनका लागि थप तीन  वाणिज्य बैंकहरुले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक र कृषि विकास बैंकले ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएका हुन । कृषि विकास बैंकले ४ प्रतिशत ब्याजदरको एग्रिकल्चर बोण्ड नामक  ऋणपत्र निष्कासन गर्नका लागि बैशाख १३ गते निवेदन दिएको हो । 

बैंकले रू. ४ अर्ब बरावरको ४० लाख कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता विभिन्न संघसंस्थाहरुका लागि विक्री गर्नेछ । कृषि विकास बैंकको ऋणपत्र विक्री प्रबन्न्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यस्तै लक्ष्मी बैंकले रू. २ अर्ब बरावरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बैशाख ६ गतेनै बोर्डमा निवेदन दिएको हो । कुल कित्तामध्य १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता विभिन्न संघसंस्थाहरुका लागि जारी गर्नेछ लक्ष्मी बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

माछापुच्छ्रे बैंकले भने रू. ३ अर्ब बरावरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बैशाख १५ गते निवेदन दिएको हो । बैंकले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने १८ लाख कित्ता विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।  विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस