aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एक्सेल डेभलपमेण्ट बैंकको १२.६३ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ बैशाख २०७८
एक्सेल डेभलपमेण्ट बैंकको १२.६३ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले प्रस्ताव गरेको गत  कुल १२ दशमलव ६३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड १९ लाख २१ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरणका लागि आगामी साधारण सभामा प्रस्ताव पारित गर्न राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

कम्पनीको यस वर्षको लाभांश हालसम्मकै कम रहेको छ । विगतका वर्षहरुमा ५२ दशमलव ६४ प्रतिशतसम्म लाभांश दिएको कम्पनीले यस वर्ष कम लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष ०६९/७० को सञ्चित मुनाफाबाट कम्पनीले हालसम्मकै सर्वाधिक ५० प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ६४ प्रतिशत लाभांश दिएको थियो । 

अघिल्ला पाँच आर्थिक वर्षको लाभांश वितरणको इतिहासलाई हेर्दा पनि कम्नपीले ३१ दशमलव ७ प्रतिशत सम्म लाभांश दिएको थियो । गत वर्ष पनि कम्पनीले कुल १८ प्रतिशत लाभांश वितरण गरेको थियो । १७ दशमलव १ प्रतिशत बोनस शेयर सँगै कर प्रयोजनका लागि शून्य दशमलव ९ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस