aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ बैशाख २०७८
पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु

काठमाडौं । पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । श्रेष्ठले यसअघि माछापुच्छ्रे बैंक र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ) केही समय सनराइज बैंकमा पनि सिइओ भएका थिए। 

उनी एक हप्तादेखि अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा ठूलो समस्या देखिएपछि उनलाई भेन्टिलेटरको आवश्यकता परेको थियो । अन्य अस्पतालहरुमा भेन्टिलेटर खोज्दाखोज्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि हिजो मात्रै श्रेष्ठका बुवाको कोरोनाका कारण नै निधन भएको थियो। श्रेष्ठको श्रीमती र छोरी नयाँ दिल्लीमा छन्। 

प्रतिक्रिया दिनुहोस