aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० बैशाख २०७८
स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

 काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पारित गरेको २० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत फागुन १३ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । 

उक्त सभाले बोनस शेयर कर प्रयोजनका लागि समेत १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको थियो । सो लाभांश प्रयोजनका लागि माघ ३० गते बुक क्लोज गरेकाले माघ २९ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा बैशाख २७ गतेनै बोनस शेयर जम्मा गरिएको कम्पनीको भनाई छ । कम्पनीले बैशाख २३ गतेनै उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराईसकेको छ ।  
 

प्रतिक्रिया दिनुहोस