aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल बङ्गलादेश बैंकले गर्यो सरकारलाई रेम्डेसिभिर सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० बैशाख २०७८
नेपाल बङ्गलादेश बैंकले गर्यो सरकारलाई रेम्डेसिभिर सहयोग

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसंग मिलेर आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको छ । 

उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रलाई ढाका स्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आईएफआईसी बैंकको सहयोगमा बधबारमा हस्तान्तरण गरिएको थियो ।  

साथै बङ्गलादेश सरकारले पनि थप ५ हजार भायल रेम्डेसिभिर औषधि सहयोग स्वरुप प्रदान गरिएको र उक्त औषधि बङ्गलादेश बाट नेपालका लागि पठाईसकेकोे छ । यसअघि पनि नेपाल बङ्गलादेश बैकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशका आईएफआईसी बैंक र बङ्गलादेशको बेक्सीम्को फर्मास्यूटिकल कम्पनी संग मिलेर ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।  

बैकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस