aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सनराइज बैंकको शाखा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
सनराइज बैंकको शाखा विस्तार

सनराइज बैंकले गोदावरी स्थित अत्तरियामा ११० औँ शाखा संचालनमा ल्याएको छ । आइतबार, आयोजित औपचारिक कार्यक्रमा गोदावरीे नगरपालिकाको मेयर हरि सिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले संयुक्त रmपमा उद्घाटन गरेका हुन् । 

सोहीदिन बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पनौतीका मेयर भिम न्यौपानेले गरेका थिए । उक्त कार्यक्रममा संचालक समितिका सदस्य ओम कृष्ण जोशी र ई. बच्छराज तातेड उपस्थि थिए । 

यसैगरि, बैंकले गत शनिवार आषाढ १४ गते डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औ शाखा रहित बैंकिङ्गको उद्घाटन गरेको छ । सो शाखा रहित बैंकिङ्ग सेवा, वडा नं ३ का वडा अध्यक्ष चक्र बहादुर देउवाले उद्घाटन गरेको थियो ।

हालसम्म उक्त बैंकको शाखा संख्या ११० वटा पुगेको बैंकले जनाएको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬

प्रतिक्रिया दिनुहोस