
काठमाडौं । नबिल बैंकले वेबसाइट मार्फत नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै बैंकले उक्त सुविधा ल्याएको हो ।
यस नयाँ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहकले आफै बैंकको वेबसाइटमा गई ‘अप्लाईनाउ’ विकल्प छानि नबिल आईकार्डको लागि निवेदन दिई, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।
यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा ९०१-५९७००१५० सम्पर्क गर्न सक्नेछन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस