aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल सेवा लघुवित्तले जेठ २४ गते साधारण सभा, विन लघुवित्तसँगको मर्जर प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ जेठ २०७८
नेपाल सेवा लघुवित्तले जेठ २४ गते साधारण सभा, विन लघुवित्तसँगको मर्जर प्रस्ताव

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २४ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८ सिन्धुपाल्चोकमा बिहान ११ बजे सभा बोलाइएको हो । सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिने प्रस्ताव छलफल गरी पारीत गर्नेछ ।

 साथै यी दुई लघुवित्त एक आपसमा गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपातलाई पारीत गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

मर्जर प्रयोजनका लागि गत पुस १ गतेदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ । नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्थाविच मंसिर ३० गते मर्जर सम्वन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस