aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

टीकापुर अस्पताललाई किसान सहकारीको अक्सीजन सिलिन्डर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ जेठ २०७८
टीकापुर अस्पताललाई किसान सहकारीको अक्सीजन सिलिन्डर

टीकापुर । कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई १०० सिलिन्डर अक्सस्जन रिफिल गरेर हस्तान्तरण गरेको ।   सोमबार संस्थाका सन्चालक समिति सदस्य सरोज कुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गरेका हुन ।

किसान सहकारीले कोभिड १९ को दोस्रो भेरियन्टबाट प्रताडित बिरमीहरुलाई सहज अक्सिजन आपुर्तिका लागि किसान अक्सीजन बैंक सन्चालनमा ल्याई उक्त बैक मार्फत सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर अस्पताल र लम्की अस्पताललाई अक्सिजन आपुर्ति गर्दै आएको सन्चालक सदस्य सरोज कुमार शाहले बताए । सोमबार सम्म टीकापुर अस्पताललमा अक्सिजन आवश्यकता भएका ३२ जना कोभिडका बिरामीहरुको उपचार भईरहेको अस्पतालले जनाएको छ ।

सहकारी संस्थाले सन्चालन गरेको अक्सीजन बैंकले यस अघि लम्की अस्पताललाई १५० थान रिफिल सिलिन्डर उपलब्ध गराई सकेको छ । स्थानिय अस्पतालहरुमा सिलिन्डर अभाव हुननदिन संस्थाले अन्य संस्थासंगको सहकार्यमा खाली सिलिन्डर खरिद प्रक्रिया अघि बढाएको संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले जानकारी गराए ।
 

प्रतिक्रिया दिनुहोस