aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनएमबिको डिबेञ्चरमा देखियो आकर्षण, ४ दिनमै मागभन्दा अत्याधिक आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ जेठ २०७८
एनएमबिको डिबेञ्चरमा देखियो आकर्षण, ४ दिनमै मागभन्दा अत्याधिक आवेदन

काठमाडौं । एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आईतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद सकिएको हो । ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो ।

हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि डिबेञ्चर खरिद गरी सहयोग र सदभाव प्रदान गर्नु भएकोमा सम्पुर्ण सुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु,अस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमनकारी निकायहरु तथा सरोकारवालाहरु सबै प्रति एनएमबि बैंकले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस