
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था उपयुक्त वित्तीय संस्थासँग गाभ्ने गाभिनेसम्बन्धी प्रस्ताव लिएर विशेष साधारण सभा गर्ने भएको छ ।
साउन ११ गते हुने विशेष साधारण सभामा अरु कम्पनीसँग गाभिए पश्चात कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि लैजाने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनी शेयरधनी दर्ता पुस्तिका असार २४ गते बन्द रहनेछ ।
प्रतिक्रिया दिनुहोस