aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल बैंकको ऋणपत्र बाँडफाँट, नपरेको आजदेखि रकम फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
नेपाल बैंकको ऋणपत्र बाँडफाँट,   नपरेको आजदेखि रकम फिर्ता

 काठमाडौं । नेपाल बैंक लिमिटेडले बैशाख २२ गतेदेखि ३१ गतेसम्म विक्री गरिएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले जेठ ९ गते उक्त अवधिमा विक्री गरेको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको रू. १ हजार अंकित मूल्यको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । 

कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सामूहिक लगानीकोष सहित सर्वसाधारणमा बाँडफाँट गरेको छ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई बाँडफाँट गरेको छ । 

बैंकले सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुका लागि छुट्याएर बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्काशन मार्फत विक्री गरेको थियो । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आंशिक ऋणपत्र बाँडफाँटमा नपरेको रकम बैंकले जेठ १० गतेदेखि आईपीएस मार्फत फिर्ता भुक्तानी गरिने जानकारी दिएको छ ।


 

प्रतिक्रिया दिनुहोस