
काठमाडौं । सोमवार नेपाल बङ्गलादेश बैंकको सर्वाधिक शेयर खरिद माग रहेको छ । कारोबारको दोस्रो घण्टाको अवधिसम्म कम्पनीको २७ लाख १२ हजार ५४५ कित्ता शेयर खरिद माग रहेको हो ।
यो माग २७४ ओटा अर्डरबाट भएको हो । यस अवधिसम्म कम्पनीको शेयर विक्रीको माग भने १ लाख ७५ हजार ९८५ कित्ता रहेको छ । कारोबारको दोस्रो घण्टाको अवधिसम्म बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ७ ले बढेर रू. ३९८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस