aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

महालक्ष्मी बैंकले सञ्चालनमा ल्यायो आकर्षक ब्याजदरको वैभब बचत खाता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
महालक्ष्मी बैंकले सञ्चालनमा ल्यायो आकर्षक ब्याजदरको वैभब बचत खाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ । 

कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्पmत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् । 

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम बर्षको लागि शत् प्रतिशत छुट प्रदान गरीएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आईपीएसको सुविधा पनि रहेको छ ।     

प्रतिक्रिया दिनुहोस