aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार सोमबार बैंकको ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ सूचीकृत भएको हो ।

बैंकको एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र सूचिकरण गरिएको हो । बैंकले गत चैत १३ गते, शुक्रबारबाट चैत्र १८ गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो। 

प्रतिक्रिया दिनुहोस