aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ । 

संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ जेठ १६ गतेदेखि मिति २०७८ जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक  एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोल पत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस