aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनसीसी बैंकको ९.५० प्रतिशत ब्याजदरको ऋणपत्र दोस्रो बजारमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
एनसीसी बैंकको ९.५० प्रतिशत ब्याजदरको ऋणपत्र दोस्रो बजारमा सूचीकृत

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र सोमवार कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएको हो । 

बैंकले गत चैत १३ गतेदेखि १८ गतेसम्म १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र विक्री गरी चैत २७ गते बाँडफाँट गरेको थियो । “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नामको ऋणपत्र सूचीकृत गराएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धित ऋणपत्र धनीहरुले भने आफ्नो हितग्राही खातामा आएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस