aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मंगलवारदेखि प्रभु बैंकको ऋणपत्र विक्रीमा, न्यूनतम २५ कित्तादेखि आवेदन दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
मंगलवारदेखि प्रभु बैंकको ऋणपत्र विक्रीमा, न्यूनतम २५ कित्तादेखि आवेदन दिन सकिने

काठमाडौं । प्रभु बैंकले मंगलवारदेखि सर्वसाधारणमा १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको कुल ४० लाखमध्य उक्त ऋणपत्र सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

बैंकले कुल कित्तामध्य सर्वसाधारणका लागि छुट्याएको १६ लाखबाट सामूहिक लगानीकोषका लागि २ हजार ५०० कित्ता बाँडफाँट गरी बाँकी कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो । 

२४ लाख कित्ता भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्नेछ । प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने बैंकले जानकारी दिएको छ । 

प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस