aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्रभु बैंकको ८ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
प्रभु बैंकको ८ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि विक्रीमा

 काठमाडौं । प्रभु बैंकले आजदेखि १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले कुल ४० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्तामध्य बैंकले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

 सर्वसाधारणका लागि छुट्याएको मध्यबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याएको हो । 

प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने बैंकले जानकारी दिएको छ । प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । 

विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस