aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

शेयर बजारमा दैनिक नयाँ रेकर्ड बन्न थालेपछि राष्ट्र बैंकको लगाम, सर्ट टर्म कारोबारमा रोक(परिपत्र सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
शेयर बजारमा दैनिक नयाँ रेकर्ड बन्न थालेपछि राष्ट्र बैंकको लगाम, सर्ट टर्म कारोबारमा रोक(परिपत्र सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न कडाइ गरेको छ ।  राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई धितोपत्र कारोबारमा लगानी गर्न कडाइ गरेको हो ।

यसभन्दा पहिलाको व्यवस्थामा क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले कोर क्यापिटलको ३० प्रतिशतसम्म शेयर खरिद विक्रि गर्न पाउने व्यवस्था रहेको थियो । नयाँ निर्देशिकामा भने बैंकहरुले खरिद गरेको शेयर १ वर्षपछि पनि १ प्रतिशत मात्रै बेच्न पाउने व्यवस्था गरिएको छ । 

राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाहरुले दोस्रो बजारमा सूचिकृत कम्पनीको शेयर खरिद गरेर कम्तिमा पनि एक वर्षभन्दा पहिला विक्रि गर्न पाउने छैनन । सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा कम अवधिको लागि लगानी नपाइने परिपत्रमा उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाले लगानी गरेकामध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने छन । 

विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन । यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किन्न नपाउने भएका छन। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस