
काठमाडौं । नेपाल राष्ट बैंकले कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ । मंगलबार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले परिपत्रमा उल्लेख गरेको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तनसम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई एसएमएस/इमेल मार्फत तत्काल उपलब्ध गराउनु पर्नेछ । साथै, कोभिड–१९ बाट विकसित भएको असहज परिस्थितिलाई मध्यनजर गरी विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी÷गराई सो को पुष्टि गर्ने व्यवस्था गरी निष्क्रिय खाता सुचारु गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस