aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मुद्दती निक्षेपको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
मुद्दती निक्षेपको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भएको छ ।  मंगलबार संशोधित निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन नपाउने व्यवस्था गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलको माध्यमबाट संकलन गर्ने निक्षेपको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भएको हो । बचत खातामा दिइने व्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न पाइने छैन । बचत खाताको ब्याजदर परिवर्तन गर्दा सबै प्रकृतिको बचत खातालाई समान रुपमा लागू हुने गरी ब्याजदर समायोजन गर्नु पर्नेछ ।

हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा आधार दरमा कर्जा उपलब्ध गराउनु पर्नेछ ।

त्यस्तै, ब्याज पँुजीकरणको लागि यस बैंकबाट स्वीकृति प्राप्त गरिसकेका विद्युत परियोजनाहरुको Required Commercial Operation Date परिवर्तन भएमा परिवर्तित अबधिसम्मको ब्याज पुँजीकरण गर्न यस बैंकको स्वीकृति आवश्यक पर्ने छैन ।
 

प्रतिक्रिया दिनुहोस