aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्ड अनलाईनमार्फत आवेदन दिन सकिने, शुल्क ३५० मात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्ड अनलाईनमार्फत आवेदन दिन सकिने, शुल्क ३५० मात्रै

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । 

यो सुविधा ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको प्लेटफर्ममार्फत उपभोग गर्न सकिने बैंकले जनाएको छ । भिसा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नुहुनेछ ।

बैंकका ग्राहक महानुभावहरुले बैंकको Self Help Banking platform iServe भित्र Card Services मा क्लिक गरी Dollar Card Request मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ ।

 उक्त विवरण भरेपछि ग्राहक महानुभावको मोबाइल नम्बरमा इत्ए प्राप्त हुने र उक्त इत्ए राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सक्नुहुनेछ । तत्पश्चात् ग्राहक महानुभावले आफुलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्नुहुनेछ । यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ । 

यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहक महानुभावलाई एसएमएस (क्ःक्) मार्फत जानकारी गराउँनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सकिने बैंकले जनाएको छ । कार्ड सुविधा अझ बढी सुलभ बनाउनका निमित्त बैंकले हाल शुल्क रू. ३५०÷ कायम गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस