aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्राइम कमर्सियल बैंकद्धारा स्वास्थ्य सामाग्री सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
प्राइम कमर्सियल बैंकद्धारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंकले स्वासथ्य सामाग्री सहयोग गरेको छ । बैंकबाट सुदुर पश्चिम क्षेत्रको  सेती प्रादेशिक अस्पताल र  माहाकाली अस्पताललाई  क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको छ । 

 कोभिड­१९ विरुद्घको लडाईमा यस संस्थाको सहयोगलाई निरन्तरता दिने क्रममा हाल कोभिड­१९ का विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करिव ३० लाख बराबरको पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगाएत विभिन्न स्वास्थ सामाग्री पनि हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बंैकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्दि«य अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई  हस्तान्तरण गरेका छन । 

प्रतिक्रिया दिनुहोस